हिमाल दैनिक
गण्डकीमा थप १७ जनामा कोरोनाको संक्रमण देखिएको छ। शनिबार गण्डकी प्रदेशको सामाजिक मन्त्रालयको जानकारी अनुसार गण्डकीमा थप १७ जना पुरुषमा संक्रमण देखिएको हो। कास्की जिल्लामा ३ जना,स्याङ्जा जिल्लामा १०, बाग्लुङ्ग जिल्लामा १ र नवलपरासी(बर्दघाट सुस्त पूर्व) मा ३ जना गरि १७ जनामा संक्रमण देखिएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीमा तीन जनामा संक्रमण देखिएको छ। संक्रमित रुपा गाउँपालिकाका २३ र ३२ बर्षिय पुरुष रहेका छन् भने पोखरा महानगरपालिकाका ५९ बर्षिय पुरुष रहेका छन्। त्यस्तै बाग्लुङ्गमा ताराखोला गाउँपालिकाका ३९ बर्षिय पुरुष रहेका छन्। स्याङ्जामा वलिङ्ग नगरपालिकाका१६,१९,२३,२५,३२,४४,५२ र ५४ बर्षिय पुरुष र हरिनास गाउँपालिकामा १८ र ४० बर्षिय पुरुषमा संक्रमण देखिएको छ। चितवनस्थित भरतपुर अस्पतालमा गरिएको परिक्षणमा बिनय त्रिबेणी गाउँपालिकाका १८,१९ र २७ बर्षिय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस संगै गन्दै प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update