हिमाल दैनिक
नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएको छ। शुक्रबार कर्णाली प्रदेशको सामजिक विकास मन्त्रालयले प्रेस बिज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो। मृत्यु हुने सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० बर्षिय पुरुष रहेका छन्। उनि पञ्चपुरी नगरपालिका बडा नं -९ को जनता माध्यमिक विद्यालयको क्वारिनटाईनमा १४ दिन बसेका थिए। जेष्ठ ८ गतेदेखि क्वारिनटाईनमा बसेका उनको १४ दिनपछि आरडिटि टेष्ट गर्दा नेगेटिभ आएपछि घर पठाईएको थियो। बिहिबार बिहान २ :१५ बजे उनको मृत्यु भयो। मृत्यु पश्चात उनको स्वाब संकलन गरेर सुर्खेत स्थित प्रदेश अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको भनाइ छ। यस संगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु संख्या दुई पुगेको छ। त्यस्तै नेपालभर कोरोना संक्रमण बाट मृत्यु हुने ११ पुगेको छ। पछिल्लो केहि साता यता कोरोना संक्रमितको संख्यामा दिनहुँ बृद्दी भएको छ। बिहिबार मात्र एकै दिनमा तिन सय ३४ जनामा संक्रमण देखिएको थियो भने एक जनाको मृत्यु भएको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update