हिमाल दैनिक
शैक्षिक क्षेत्रका सरोकारवालाहरुले बिभिन्न बिकल्पका साथ शैक्षिक गतिविधी गर्न आफुहरु तयार रहेको जनाएका छन् । बिहीबार कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सिंहदरबारमा गरेको छलफलका क्रममा उनीहरुले अनलाईन, रेडियो, टिभि लगाएतका माध्यमबाट पठनपाठनलाई सहज रुपमा अघि बढाउन सकिने बताएका हुन् । लकडाउनको अवधिमा पठनपाठनको अवस्था तथा निरन्तरता दिने बिषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिए । लकडाउनलाई सरलिकृत गर्दै जाँदा पठनपाठनलाई सहज रुपमा अघि बढाउने बिषयमा नै केन्द्रीय भएर छलफल गरिएको उनले बताए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले पठनपाठन तथा परिक्षालाई कसरी व्यवस्थीत गर्ने भन्ने बारेमा छलफल भएको जानकारी दिए । उनले पठनपाठन सुरु गर्न बिभिन्न बिकल्पमा छलफल भएको बताए । लकडाउनलाई व्यवस्थीत गर्नका लागि समितिले बिभिन्न निकायसंग छलफल गरेको हो । प्रधानमन्त्री कार्यालयका सचिव बिडारीले तीन दिनदेखि भएको छलफलको निष्कर्ष मन्त्रिपरिषद् बैठकको प्रस्तावमा लैजाने जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update