हिमाल दैनिक
नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेकाे छ । बिहिबार स्वास्थ्य मन्त्रलयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिएका हुन्। तीमध्ये २९० जना निको भइसकेका छन् । अहिले देशमा सबै प्रदेशमा कोभिड १९ को संक्रमण देखिसकेको छ भने प्रदेश नं २ र ५ सर्वाधिक प्रभावित भएको देखिएको छ । क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको मन्त्रालयको भनाइ छ । कोभिड १९ का कारण थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयका देवकोटाले जानकारी दिए । यस संगै नेपालमा कोरोना संक्रमित बाट मृत्यु हुनेको संख्या १० पुगेको छ । मन्त्रालयका अनुसार अनुसार विगत २४ घण्टामा ३,८६७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म पिसीआर बिधिबाट ८४,१३४ र आरडिटी बिधिबाट १,२५,५६४ परिक्षण भएको छ ।  
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update