हिमाल दैनिक
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन जारी छ । लकडाउन जारी भएपनि पछिल्लो समय उपत्यकामा सवारी चाप बढेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ । त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कदा उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । त्यस्तै बिहीबारबाट केहि नीजि कार्यालय पनि खुल्न थालेका छन् भने काठमाडौंमा पसलहरु खुलेका छन् । https://www.facebook.com/himaldainik/videos/254021315904686/ करिब ३ महिनादेखि जारी लकडाउनका कारण व्यवसाय धरासयी भएको भन्दै व्यवसायीहरु पसल खोल्न थालेका हुन् । काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका पसलहरु खुला भएका छन् । कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् । लामो समयसदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेको कारण पसल व्यवसाय खोल्न बाध्य भएको उनीहरुले बताएका छन् । राज्यलाई तिर्ने कर, घर भाडा, बैंकको ब्याजदर र कर्मचारीको तलव भत्ता समेत भुक्तानी गर्न समस्या भएका कारण पसल व्यवसायहरु खुला गर्नु परेको व्यवसायीहरुले बताएका छन् । बानेश्वर, मैतीदेवीलगायत क्षेत्रहरुमा विहानै पसल खोल्न पुगेका केही व्यवसायीहरुलाई भने प्रहरीले फर्काइदिएको थियो।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update