गण्डकी प्रदेशमा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। गण्डकी प्रदेशको सामजिक विकास मन्त्रालयका अनुसार बिहिबार बिहान १५ जना पुरुष र एक महिलामा संक्रमण देखिएको हो। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार बाग्लुङमा ११ जना, स्याङ्जामा एक, म्याग्दीमा एक र पर्बतमा ४ जनामा कोरोना देखिएको पुष्टि भएको छ।
संक्रमित हुने स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका १८ बर्षिय पुरुष र म्याग्दी जिल्लाको मंगला गाउँपालिका १९ बर्षिय पुरुष रहेका छन्। त्यस्तै पर्बत जिल्लाको फलेबास नगरपालिका २१ र २१ बर्षिय पुरुष, बिहादी गाउँपालिका २४ र २८ बर्षिय पुरुष रहेका छन्।
बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका २२ र २९ बर्षिय पुरुषहरु र ३३ बर्षिय महिला रहेका छन। सोहि जिल्लाका बडीगाड गाउँपालिका १६, २०, २१ र २५ बर्षका पुरुषहरु र गल्कोट नगरपालिका २०, २२ र २३ पुरुष रहेका छन। आज मात्र बाग्लुङमा १० जनामा संक्रमण देखिएको छ। सबै संक्रमितहरु क्वारिनटाईनमा बसेका थिए। मन्त्रालयले हाल उनीहरुको अवस्था सामान्य रहेको जानकारी दिएको छ। त्यस्तै उनीहरुलाई सम्बधित जिल्ला अस्पतालमा लैजाने बताइएको छ। यस संगै गण्डकीमा संक्रमितको संख्या ५४ पुगेको छ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय