कोरोना नियन्त्रण तथा रोकथामका लागि हालसम्म ९ अर्व ८७ करोड रुपैया खर्च भएको सरकारले जनाएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको महामारी लगतै चीनबाट नेपाली बिद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण रोकथामका लागि सामाग्री खरिद, क्वारेन्टाइन निर्माण लगाएतमा उक्त रकम खर्च भएको जनाएको हो ।
जसमध्ये केन्द्र तहबाट ६ अर्व ३ करोड, प्रदेश तहबाट १ अर्व ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्व ७६ करोड खर्च भएको समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । कोरोना उपचार तथा नियन्त्रण कोषको कामका बारेमा पनि छलफल भएको बिडारीले बताए ।
https://www.facebook.com/himaldainik/videos/609336603001751/?t=0
कोषमा भएका रकम कोरोना नियन्त्रण तथा रोकथाम, क्वारेन्टाइन तथा राहतका लागि पनि प्रयोग गरिने र हालसम्म २ अर्व ३२ करोड रुपैया जम्मा भएको उनले जानकारी दिए । बुधबार स्वास्थ्य क्षेत्रका बिज्ञहरुसंग छलफल गरेको उनले जानकारी दिए । बिज्ञहरुको सुझावमा तह तह गरेर लकडाउन खुकुलो पारेर लैजाने सुझाव आएको बिडारीले बताए ।
बिहीबार पनि सरोकारवाला निकायसंग छलफल गर्ने र बन्दाबन्दीको नयाँ मोडालिटिको खाका तयार हुने समितिले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय