कर्णाली प्रदेशमा १६ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार कर्णाली प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयका अनुसार १४ पुरुष, एक महिला र एक चार महिनाको शिशुमा कोरोनाको सक्रमण देखिएको हो।
सुर्खेत स्थित प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परिक्षण अनुसार सल्यान कुमाख गाउँपालिका-३ का १९ र २४ बर्षिय पुरुष र दैलेख नौमुले गाउँपालिका-८ का २५ बर्षिय पुरुषमा संक्रमण देखिएको छ।
त्यस्तै जुम्ला स्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा दैलेखको नारायण गाउँपालिका-२ का २०,२४,२५,२५,३० बर्षिय पुरुष र दुल्लु गाउँपालिका-२ का १७ बर्षिय पुरुष रहेका छन।
त्यस्तै कालिकोट महावै गाउँपालिका २ मा २२ बर्षिय पुरुष र ४ का २८ बर्षिय पुरुष र ४ महिने शिशु रहेका छन्। कालिकोट तिलगुफा नगरपालिका -२ मा २१ बर्षिय पुरुष, पलौता गा पा-७ का ४२ बर्षिय पुरुष, शुभाकलिका गा पा-३ का २१ बर्षिय पुरुष र सान्नी गा पा-२ का २० बर्षिय महिला रहेका छन्।
यस संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ भने अहिले सम्म एक जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या :

- दैलेख: १०५
- सुर्खेत: ६१
- सल्यान: ५५
- जुम्ला: १९
- कालिकोट: २५
- मुगु:१
- बाजुरामा:१
- अछाम: १०
- बझाङ: १
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय