हिमाल दैनिक
सङ्क्रमण रोकथामका लागि सामूहिक प्रयास: मुख्यमन्त्री गुरुङ
mukhy-mantri-prithivi-subba-gurung
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । मंगलबार जिल्ला सहकारी संघ कास्कीद्वारा प्रदेश विपद् व्यवस्थापन कोषमा राहत स्वरुप प्रदान गरिएको चार लाख एक हजार पाँच रुपैयाँको चेक बुझ्दै उनले महामारिको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा प्रत्येक व्यक्ति सचेत हुनुपर्ने आवश्यकता औँल्याए । कोरोना भाइरसको कारण सङ्घीयताको औचित्य पुष्टि भएको बताउँदै उनले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा रोकथाम तथा नियन्त्रणका काम प्रभावकारी भएको उल्लेख गरे । मुख्यमन्त्री गुरुङलाई चेक हस्तान्तरण गर्दै अध्यक्ष भेषराज बरालले संघले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै बचत संघमा दुई सय ७६ बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेको जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update