गण्डकी प्रदेशमा थप एक जनामा कोरोनाको संक्रमण देखिएको छ। गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) बुलिंगतार गाउँपालिकाका १६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
उनि कपिलवस्तु बाड़गंगा नगरपालिका स्थित शिदार्थ क्याम्पसको क्वारिनटाईन बसेका थिए। संक्रमण पुष्टि भएपछि उनलाई अहिले चितवन स्थित भरतपुर कोरोना अस्पतालमा उपचार भइराखेको मन्त्रालयले जनाएको छ। यससंगै गण्डकी प्रदेशमा संक्रमण हुनेको संख्या ३८ पुगेको छ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय