काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले उक्त मेडिकल कलेजमा कायरत तीन जना महिला र एकजना पुरुषमा संक्रमण देखिएको पुष्टि गरेका हुन।
डा देवकोटाका अनुसार संक्रमित २४ देखि ३२ वर्ष उमेरका महिला र २८ वर्षका पुरूष रहेका छन्। उनले मंगलबार २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए। हालसम्म २ हजार ९९ जनामा संक्रमण द्खिएको छ जस मध्य मध्ये पुरुषको संख्या १ हजार ९४९ र महिला १५० जना छन् । त्यस्तै हालसम्म डिस्चार्ज भएकामध्ये पुरुष २१२ र महिला ५४ जना छन् । पछिल्लो पटक काठमाडौंमा चार जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।
संक्रमणबाट हालसम्म नेपालमा ८ जनाको मृत्यु भएको छ । मन्त्रालयले हालसम्म पिसिआर ७५३४५ र आरडिटि ११६३४५ परिक्षण गरेको जानकारी दिएको छ । हाल १ लाख ४५ हजार ३७५ जना क्वारेन्टाइनमा छन् ।
संक्रमित हुनेको विवरण
रौतहटका ७४ जना
स्याङ्जाका ५ जना
पर्वतका ५ जना
सप्तरीका १ जना
बर्दियाका ३ जना
बाँकेका १७ जना
सुर्खेतका २७ जना
दैलेखका ९ जना
सल्यानका १८ जना
अछामका १० जना
बाराका १ जना
दाङका १७ जना
प्युठानका १ जना
कन्चनपुरका ८ जना
कैलालीका १० जना
धनुषाका ६ जना
महोत्तरीका २ जना
सर्लाहीका २१ जना
सिरहाका १७ जना
भक्तपुरका १ जना
धादिङका १ जना
कपिलवस्तुका १६ जना
काठमाडौं मेडिकल कलेजका ४ जना
नवलपराी पूर्वका १ जना
नवलपरासी पश्चिमका १ जना
नुवाकोटका २ जना
रूपन्देहीका १० जना
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



