हिमाल दैनिक
नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा २ सय ८८ जनामा संक्रमण देखिएको नियमित पत्रकार सम्मेलन मार्फत जानकारी गरेका हुन। https://www.facebook.com/himaldainik/videos/248815496450968/?t=2 हालसम्म २ हजार ९९ जनामा संक्रमण द्खिएको छ जस मध्य मध्ये पुरुषको संख्या १ हजार ९४९ र महिला १५० जना छन् । त्यस्तै हालसम्म डिस्चार्ज भएकामध्ये पुरुष २१२ र महिला ५४ जना छन् ।त्यस्तै हालसम्म डिस्चार्ज भएकामध्ये पुरुष २१२ र महिला ५४ जना छन् । पछिल्लो पटक काठमाडौंमा चार जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । संक्रमणबाट हालसम्म नेपालमा ८ जनाको मृत्यु भएको छ । मन्त्रालयले हालसम्म पिसिआर ७५३४५ र आरडिटि ११६३४५ परिक्षण गरेको जानकारी दिएको छ । हाल १ लाख ४५ हजार ३७५ जना क्वारेन्टाइनमा छन् । संक्रमित हुनेको विवरण
  • रौतहटका ७४ जना
  • स्याङ्जाका ५ जना
  • पर्वतका ५ जना
  • सप्तरीका १ जना
  • बर्दियाका ३ जना
  • बाँकेका १‍७ जना
  • सुर्खेतका २७ जना
  • दैलेखका ९ जना
  • सल्यानका १८ जना
  • अछामका १० जना
  • बाराका १ जना
  • दाङका १७ जना
  • प्युठानका १ जना
  •  कन्चनपुरका ८ जना
  • कैलालीका १० जना
  • धनुषाका ६ जना
  • महोत्तरीका २ जना
  • सर्लाहीका २१ जना
  • सिरहाका १७ जना
  • भक्तपुरका १ जना
  • धादिङका १ जना
  • कपिलवस्तुका १६ जना
  • काठमाडौं मेडिकल कलेजका ४ जना
  • नवलपराी पूर्वका १ जना
  • नवलपरासी पश्चिमका १ जना
  • नुवाकोटका २ जना
  • रूपन्देहीका १० जना
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update