गण्डकी प्रदेशमा थप १० जनामा कोरोनाको संक्रमण देखिएको छ। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको बिज्ञप्ति अनुसार स्याङ्जामा ५ र पर्बतमा ५ जनामा कोरोनाको संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार संक्रमण हुने स्याङ्जा जिल्ला, चापाकोट नगरपालिकाका २२,२६,३२ र ४० बर्षिय पुरुष रहेका छन् भने बिरुवा गाउँपालिकाका २० बर्षिय पुरुष रहेका छन्। त्यस्तै पर्बत जिल्लाको फलेबास नगरपालिकाका २० र ४० बर्षिय, महाशिला गाउँपालिकाका १९, २० र २१ बर्षिय पुरुषमा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार यी सबै जना क्वारेन्टाइनमा रहेका छन्। उनीहरुलाई सम्बधित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइराखेको मन्त्रालयले जनाएको छ। यस संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७ पुगेको छ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



