सोमबार २७४ जनामा देखिएको संक्रमण, कुल संख्या १ हजार ८ सय ४६

सोमबार कोरोनाबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो पटक स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप ४८ जनामा कोरोनाको संक्रमण देखिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षण अनुसार ११ पुरुष र २ बाल- बालिका गरि १३ जनामा संक्रमण देखिएको हो। संक्रमण हुने पाल्पाका १६, ३६ बर्षिय पुरुष,नवलपरासीका ६ बर्षिय बालक, गुल्मीका २६ बर्षिय पुरुष, कपिलवस्तुका १९,२१,२६,२६,२७,३५, र ४० बर्षिय पुरुष र रुपन्देहीका ५४ बर्षिय पुरुष र ३ बर्षिय बालिका रहेका छन्।
त्यस्तै कर्णाली प्रदेशमा थप ३५ जनामा संक्रमण देखिएको छ। प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षण अनुसार सुखेतमा १६, दैलेखमा ९,सल्यानमा ९ र अछाममा १ जनामा संक्रमण देखिएको छ। कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या २३३ पुगेको छ।
हाल उनीहरुको अवास्थ्य सामान्य रहेको र स्वास्थ्य कर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। यस संगै सोमबारमात्र संक्रमित हुनेको संख्या २ सय ७४ पुगेको छ भने हाल सम्म संक्रमितको संख्या १ हजार ८ सय ४६ पुगेको छ। त्यस्तै २ सय २१ जना उपचारपछि डिस्जार्च भएका छन् । नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसकेको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय