एकैदिनमा दुई सय २६ जनामा देखियो संक्रमण
सोमबार एकैदिन नेपालमा दुई सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको जाँचमा २२६ जना नयाँ कोरोना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।
जसमध्ये २ सय २१ जना उपचारपछि डिस्जार्च भएका छन् । नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसकेको छ । सोमबार डोटीमा पनि संक्रमित थपिएसँगै संक्रमित जिल्लाको संख्या ५९ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
कोरोनाको आशंकामा गएको २४ घण्टामा २ हजार ३ सय १० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म १ लाख ८५ हजार ६ सय ६० जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७१ हजार ९ सय ३ जनाको पिसिआर र १ लाख १३ हजार ७ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका विकास देवकोटाले बताए ।
संक्रमितको विवरण:
दैलेखका ४१
कपिलवस्तुका ४०
सर्लाहीका ३८
जुम्लाका १९
रौटहतका १८
कैलालीका १४
सल्यानका १०
दाङका ९
बाँकेका ७
धनुषाका ७
सुर्खेतका ५
सिरहाका ५
नवलपरासी पूर्वका ३
झापाका २
महोत्तरीका २
मकवानपुरका १
उदयपुरका १
अछामका १
बैतडीका १
डोटीका १
कञ्चनपुरका १
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय