हिमाल दैनिक
कोरोनाले नेपालमा दैनिक नयाँ रेकर्ड तोड्दै, आज मात्र २०८ जनामा संक्रमण देखियो
Minendra-Rijal1
नेपालमा थप १९ जनामा कोरोनाको संक्रमण देखिएको छ । नेपालमा संक्रमणको संख्याले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ । दिउसो मात्र स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले १८९ संक्रमित थपिएको जानकारी दिएको थिए। त्यस्तै आज बिहान मात्र दैलेखको दुल्लु नगरपालिकामा मृत्यु भएको युवकमा पनि कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ। कपिलस्तुमा १०९, सर्लाहीमा १७, दैलेखमा १४, सिरहामा ११, सप्तरीमा ९ ,धनुषामा ७, रौतहटमा ६, दाङमा ५, पर्सामा २ संखुवासभामा २, ललितपुरमा १, बारामा १, झापामा १ देखिएको थियो। पछिल्लो समय कालीकोटमा १७, दैलेखमा १ र बाजुरामा १ मा संक्रमण देखिएको छ। यससंगै आज संक्रमण हुनेको संख्या २०८ पुगेको छ। मन्त्रालयको पछिल्लो विवरण अनुसार नेपालमा संक्रमितको संख्या १४२० पुगेको छ भने मृत्यु हुनेको संख्या ७ पुगेको छ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update