हिमाल दैनिक
नेपालमा शनिबार मात्रै १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले नेपालका बिभिन्न स्थानमा कोरोना परिक्षण गर्दा १८९ जनामा कोरोना देखिएको बताएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा गरिएको परीक्षणमा १२४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तैै, प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा २६ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जनाको कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै नारायणी अस्प्तालमा गरिएको परिक्षणमा ३ जना र कर्णालीमा गरिएको परिक्षणमा १४ जना र कोशी अस्पताल बिराटनगरमा दुई जनामा कोरोना पनि दुई जनामा कोरोना देखिएको प्रवक्ता देवकोटाले बताए । त्यस्तै अन्य तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि देवकोटाले बताए । यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ । त्यस्तै हालसम्म नेपालमा पिसिआर ६६,७२९, आरडिटि १ लाख ७ हजार ५५ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update