नेपालमा शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा शुक्रबार थप एक सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, दाङ २ कपिलवस्तु ९ का रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार २ सय १२ पुगेको छ ।
त्यस्तै जेठ १० गते मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । नेपाल प्रवेश गरेसँगै उनको स्याम्पल लिइएको थियो । मृत्यु भएको ५ दिनपछि रिपोर्ट आएको हो । त्यस्तैहालसम्म २०६ जना कोरोना निको भएर घर फर्किएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
प्रवक्ता देवकोटाले हालसम्म पिसिआर बिधिबाट ६४ हजार १५४ र आरडिटी बिधिबाट १ लाख ५ हजार ४ सय ७८ जनाको कोरोना परिक्षण गरिएको बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय