एकैदिन १५६ जनामा संक्रमण, कुल संख्या एक हजार ४२
बिहिबार एकैदिन १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले सप्तरी, रौतहट, भरतपुर, सर्लाही, सोलुखुम्वु, बझाङ लगाएतका बासिन्दामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । त्यस्तै बिहीबार कोरोनाबाट थप एक जानाको मृत्यु भएको छ ।
ललितपुर बुङ्मतिका एक पुरुषको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको उहाले जानकारी दिए । प्रवक्ता देवकोटाले अहिलेसम्म १८७ जना डिष्चार्ज भएको बताए ।
हालसम्म पिसिआर बिधिबाट ६० हजार ६९२ परिक्षण र आरडिटि बिधिबाट १,०२०३४ परिक्षण गरिएको छ भने ८६०५७ जना क्वारेन्टाइनमा छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय