हिमाल दैनिक
नेपालमा बुधबार एकैदिन ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले मुलुकका बिभिन्न स्थानमा परिक्षण गर्दा झापा, रौतहट, बाँके लगाएतका व्यक्तीमा कोरोना देखिएको जानकारी दिए । नेपालमा कोरोना संक्रमितको संख्या ८८६ जना रहेको उहाले जानकारी दिए । संक्रमित मध्ये ७ सय ९६ पुरुष र ९० जना महिला छन् । प्रदेश १ मा १ सय ३, प्रदेश २ मा ३ सय २४, बागमतिमा ३९, गण्डकीमा १३, प्रदेश ५ मा ३ सय ६५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हालसम्म १ सय ८३ जना उपचारपछि डिस्जार्च भएका छन् भने चार जनाको मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनले कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८० जनाको पिसिआरबाट नमूना परीक्षण भएको जानकारी दिए । नेपालमा हालसम्म १ लाख ५८ हजा ५ सय ५९ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । ५८ हजार २ सय ७२ जनाको पिसिआर र १ लाख २ सय ८७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update