हिमाल दैनिक
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । मेडिकल कलेजमा गत ४ जेठमा निधन भएका कलैया ७ बाराका ७० वर्षीय बृद्धमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ती पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिए । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि, सिन्धुपाल्चोकी एक महिला, बाँके नरैनापुरका एक पुरुष र गुल्मीका एक पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । त्यस्तै सोमबार थप ७९ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमित संख्या ६८२ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । पछिल्लो समय थपिएका संक्रमितमा बाराका ७० वर्षीय मृतक वृद्ध छन् । यसका अलावा अछामका ३२ वर्षीय पुरुष, गुलरिया बर्दियाका २२ र २४ का र १८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । पर्साका १८ र कलैया बारामा कार्यरत काठमाडौंका २८ वर्षीय पुरुष संक्रमित देखिएको देवकोटाले बताए । उनका अनुसार अहिलेसम्म मुलुकभर ५१ हजार ६४२ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ भने ९५१९२ वटा र्यापिड जाँच गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update