नेपालमा थप १९ जनामा कोरोना संक्रमण देखिएको छ स्वास्थ्य मन्त्रालयले आइतवार थप १९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उल्लेख गरेसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६०३ जना पुगेको छ ।
सङ्क्रमितमध्ये ५२४ पुरुष र ७९ महिला रहेको बताइएको छ । आइतवार नयाँ जिल्ला नुवाकोट थपिएपछि नेपालभर गरी ४२ जिल्लामा सङ्क्रमित भेटिएका छन् । नयाँ संक्रमित बारा, पर्सा रुपन्देही लगाएतका स्थानका हुन् । सङ्क्रमण देखिएका मध्ये ८७ निको भएर घर फर्किएका छन् । मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म ४८ हजार ८ सय १५ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको जानकारी दिए । त्यस्तै ९० हजार भन्दा बढिको आरडीटी विधिबाट परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाले ३९ हजार भन्दा बढी व्यक्ति क्वारन्टाइनमा रहेको जानकारी पनि दिए ।
मन्त्रालयले हाल आइसोलेशनमा रहेका मध्ये ५१३ जना सङ्क्रमित रहेको बताएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय