हिमाल दैनिक
सामाजिक दुरी कायम गरेर ईद पर्व मनाउन आग्रह
miya-ansari
कोरोना भाइरस (कोभिड १९) विरुद्ध सामाजिक दुरी कायम गरी ईद पर्व मनाउन मुस्लीम आयोगले अपील गरेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सामाजिक दुरी कायम गरी ईद पर्व मनाउन मुस्लीम समुदायलाई अपील गरेका हुन् । अध्यक्ष अनसारीले कोरोना भाइरसका कारण ठूलो जोखिम रहेको वेला धर्म र आस्थालाई प्राथमिकतामा नराखी महामारीको सामना गर्न आग्रह गरे । उनले ईदका क्रममा आयोगको अपीललाई मानेर सबै मुस्लिम समुदायले घरमै नमाज पढ्नु अनुरोध गरे । अन्सारीले ईद पर्वमा सरकार र आयोगले तोकेको मापदण्डहरूलाई अनुसारण गरेर ईदको नमाज घरमा पढ्न सुझाए । उनले मस्जिदमा पाँच जनाभन्दा धेरै व्यक्ति सहभागी नहुन आग्रह समेत गरे ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update