नेपालका ७७ जिल्ला मध्य कोरोना संक्रमण ४० जिल्लामा फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित पत्रकार सम्मेलनमा कोराना संक्रमण ४० जिल्लामा फैलिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् । उनले पछिल्ला समय नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको बताए । प्रवक्ता देवकोटाले पिसीआर विधिबाट ४५ हजार ९ सय ५७ र आरडिटी विधिबाट ८६ हजार २ सय ३५ परिक्षण गरिएको जानकारी दिए । प्रवक्ता देवकोटाले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ९४ र आरडिटी विधिबाट ४ हजार १ सय १९ परिक्षण गरिएको बताए ।
प्रवक्ता डा.देवकोटाले प्रदेश १ मा आरडीटी विधिबाट १० हजार १ सय ६९, प्रदेश २ मा ६ हजार ३ सय ८, बागमती प्रदेशमा २१ हजार ७ सय १२, गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश पाँचमा ११ हजार ४ सय ८९, कर्णाली प्रदेशमा ९ हजार ३९ र सूदुरपश्चिम प्रदेशमा १९ हजार ८ सय १७ गरी ८६ हजार २ सय ३५ परिक्षण गरिएको जानकारी दिए ।
जिल्ला अनुसार कोरोना संक्रमितहरुको विवरण
[table id=8 /]प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय