नेपालमा थप ३२ जनामा कोरोनाको संक्रमण देखिएको छ। शनिबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्ति अनुसार ३० पुरुष र २ महिलामा संक्रमण देखिएको हो।
टेकुस्थित जन स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपिलबस्तुमा ८ जना , सर्लाहीमा १३ जना, बारमा १ जना र काठमाडौँमा एक जनामा संक्रमण देखिएको छ। त्यस्तै भैरवाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा रुपन्देहीका ८ जनामा संक्रमण देखिएको छ भने भरतपुरस्थित भरतपुर अस्पतालमा गरेको परिक्षण १ जनामा देखिएको छ।
संक्रमितको विवरण
[table id=7 /] हाल उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। यससंगै नेपालमा संक्रमित हुनेको संख्या ५४८ पुगेको छ। अहिले सम्म नेपालमा ३ जनाको मृत्यु भएको छ भने ७० जना निको भएका छन।प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय