हिमाल दैनिक
नेपालमा शुक्रबार मात्रै ५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार बिहान ३० र अपरान्ह थप २० जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच सय नाघेको छ । सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएको हो । कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो । त्यसैगरी बाँकेका १८ देखि ६१ वर्ष उमेर समूहका १४ जनाको भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए । त्यसैगरी मोरङको रतुवामाई–२ का एक ४१ वर्षीय पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन् । तीन जनाको भने मृत्यु भइसकेको छ । हालसम्म पीसीआर विधिबाट हालम्म ४२ हजार ४ सय ८८ र आरडीटी विधिबाट ८२ हजार एक सय १६ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update