नेपालमा आज थप ३० जनामा कोरोना को संक्रमण देखिएको छ। शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्ति अनुसार २६ पुरुष,३ महिला र एक बालिकामा संक्रमण देखिएको हो ।
टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र चितवनस्थित भरतपुर अस्पतालमा गरिएको परिक्षण अनुसार नवलपरासीमा ४ ,चितवनमा २,कपिलबस्तुमा ९ सर्लाहीमा १५ गरि ३० जना संक्रमण देखिएको छ।
संक्रमितको विवरण
नवलपरासी बिनय त्रिबेणी गाउँ पालिका-६ का निवासी ४५ बर्षिय पुरुष, सुस्ता गाउँ पालिका-५ र रामग्राम न पा-३, १८ निवासी ३३ ,३५ बर्षिय पुरुष, १५ बर्षिय महिला, भरतपुर महानगरपालिका६६ केसरबाघ,चितवन निवासी ७४ बर्षिय पुरुष र ७३ बर्षिय महिला, कपिलबस्तु बाणगंगा न पा मायादेवी गाउँपालिका निवासी २४,२५,२७,२९,३४,३६,४५,५३ बर्षिय पुरुषहरु र ८ बर्षिय बालिका, सर्लाही गोडौता न पा ८,९,११,१३ र १४ र रामनगर बहुअर्वा गाउन्पलिक-७ निवासी २२,२२,२४,२५,२५,२७,३२,३४,३४,३८,३८,३८,३९ बर्षिय पुरुषहरु र १८ बर्षिय महिला
हाल उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालय ले जनाएको छ। यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ। त्यस्तै कोरनाबाट अहिले सम्म ३ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय