हिमाल दैनिक
बाँके र कपिलबस्तुमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ। बिहिबार बेलुका स्वास्थ्य मन्त्रालयले जारी गरेको जानकारी अनुसार दुई पुरुष र एक महिला गरी थप तीन जनामा संक्रमण देखिएको पुष्टि भएको हो। नेपालगंजस्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँके नरैनापुर-३ निवासी ३२ बर्षिय पुरुष र खजुरा-३ निवासी ४२ बर्षिय महिलामा संक्रमण देखिएको छ। त्यस्तै रुपन्देहीस्थित प्रादेशिक जन स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपिलबस्तु सुद्दोधन गाउँपालिका निवासी १९ बर्षिय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। आज मात्र नेपालमा २३ जना नयाँ संक्रमण देखिएको छन् भने १ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update