हिमाल दैनिक
नेपालमा थप १७ जना संक्रमण देखिएको छ। बिहिबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्ति अनुसार झापामा १५, धनकुटामा १ र सुनसरीमा १ गरि १७ जनामा संक्रमण देखिएको जनाएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र बिराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण अनुसार झापाको कचनकबल गाउपालिकाका निवासी १८,१८,१९,१९,२२,२३,२३,२५,२६,२८,३०,३२,३७,४६ बर्षिय पुरुष, धनकुटाका ३४ बर्षिय पुरुष, धरानका ५१ बर्षिय महिला रहेका छन। यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update