हिमाल दैनिक
नेपालमा थप ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार बाँकेमा ४७ जनासहित देशका विभिन्न भागमा कोरोनाभाइरसका ५३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आयोजित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले भेरी अस्पतालको प्रयोगशालामामा गरिएको पीसीआर परीक्षणबाट बाँकेमा ४६ पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै, धुलिखेल अस्पतालमा गरिएको परीक्षणबाट चार जनामा संक्रमण देखिएको छ । उनीहरु धनुषा, रौतहट, दाङ र धादिङका पुरुष रहेको प्रवक्ता डा. देवकोटाले बताए । विराटनगरमा गरिएको परीक्षणबाट मोरङमा एक पुरुष र भैरहवाको प्रयोगशालामा गुल्मीका ४१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । सोमबार संक्रमित पुष्टि हुनेहरु १८ देखि ४६ वर्षसम्मका पुरुष रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । हालसम्मका कुल ३ सय ५७ जना संक्रमितमध्ये २ सय ९८ पुरुष छन् भने ५९ जना महिला छन् । यसअघि सोमबारै बिहान रौतहटमा सात पुरुष र एक महिला तथा र बारामा एक पुरुष गरी नौ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये हालसम्म ३६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update