हिमाल दैनिक
बूढानीलकण्ठ नगरपालिका वडा नं १३ ले वडाभित्र काठमाडौँ उपत्यका बाहिरबाट आएका व्यक्तिको सूचना लुकाउने घरबेटीहरुलाई कारवाही गर्ने भएको छ । वडा कार्यालयले हिजो सूचना जारी गरी होटल र भट्टी पूर्णरुपमा बन्द गर्न आह्वान गर्दै खाद्यान्न पसल बिहान ९ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्न दिइने बताएको छ । साथै सबै खाद्यान्न, मासुजन्य र तरकारी पसलमा मूल्यसूची ग्राहकले देखिने गरी टाँस गर्न पनि अनुरोध गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update