हिमाल दैनिक
नेपालमा कोरोना संक्रमतको संख्या ३०० नाघेको छ । सोमबार बिहान स्वास्थ्य मन्त्रालयको बिज्ञप्ति अनुसारथप ९ जनामा संक्रमण देखिएको हो। टेकु स्थित जन स्वास्थ्य प्रयोगशालामा गरेको परिक्षणमा रौतहट ८ र बारामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । संक्रमित ८ जना पुरुष र एक महिला रहेका छन्। रौतहट इश्नाथ न पा २, ३, ६ र ९ का निवासी २१, २१, २३, २५, २५, २९, ३० बर्षिय पुरुषहरुमा र रौतहट माधवनारायण न पा ३ मा २८ बर्षिय महिलामा संक्रमण देखिएको छ। त्यस्तै बाराको करैयामाई-५ निवासी ३८ बर्षिय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस संगै नेपालमा कोरोना संक्रमणको संख्या ३०४ पुगेको छ। यसबाट नेपालमा अहिले सम्म २ दुई जनाको मृत्यु भएका छन् भने ३६ जना स्वास्थ्य लाभ लिएर घर फर्केका छन्। पछिल्लो समय नेपालमा कोरोना संक्रमण दैनिक बृद्धि भएको छ।जसका कारण चैत्र ११ गतेबाट सरकारले गरेको लक-डाउन आइतबार थप जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update