हिमाल दैनिक
प्रमद्वारा कोभिड –१९ बाट निधन भएकाप्रति दुःख व्यक्त
pm kp oli
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९ को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन्। उनले आज बिहान ट्विट गर्दै भने, “कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ ।” उनले मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् । नेपालमा पहिलो पटक सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट शुक्रबार मृत्यु भएको थियो । https://twitter.com/kpsharmaoli/status/1261865670213464066
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update