हिमाल दैनिक
रौतहटमा थप १० जनामा कोरोनाको संक्रमण देखिएको छ । आइतबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्ति अनुसार रौतहटमा १० जना पुरुषमा संक्रमण देखिएको हो । टेकुस्थति जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा रौतहट राजपुर न पा फरहदवा-९ का १८, ३२,३६,३९,३९,४२,४८ बर्षिय पुरुष र इशनाथ न पाका २८,३०,३३ बरिश्य पुरुष रहेका छन। मन्त्रालय अनुसार उनिहरु हाल स्वास्थ्य कर्मीको सम्पर्कमा छन। उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको । शनिबार नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक महिला को मृत्यु भएको थियो। नेपालमा कोरोना संक्रमणको संख्या २९१ पुगेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update