कोभिड– १९ को परीक्षणपछि मात्र महिलाको मृत्युबारे थाहा हुने (भिडियो सहित)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्युको कारण कोभिड–१९ को परीक्षणपछि मात्र थाहा हुने बताएको छ ।
मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महिलाको मृत्युका सम्बन्धमा विस्तृत विवरण लिइरहेकाले पछि मात्र आधिकारिक जानकारी आउने बताए । “महिलाको कोभिड– १९ सँगसम्बन्धी थप परीक्षण भइरहेका छन्, यो परीक्षण र सम्पूर्ण विवरण प्राप्त भएपछि मात्र मन्त्रालयले आधिकारिकरुपमा कोभिड– १९ सँगको मृत्यु हो वा होइन भन्ने कुरा निक्र्यौल गर्नेछ”, उनले भने ।
https://www.facebook.com/himaldainik/videos/555322695412129/?t=5
उनका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ वैशाख गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरीपछि ती महिलालाई २५ गते घर पठाइएको थियो । घरमा गएपछि ज्वरो, स्वासप्रश्वास जस्ता समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएकी महिलाको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पताल आउँदै गर्दा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय