हिमाल दैनिक
शनिबार थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि शनिबार बिहान ९ जनामा कोरोना भाइसको सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुगेको छ । कोरोना सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । अहिलेसम्म सङ्क्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् । मन्त्रालयले धुलिखेल अस्पतालमा मृतक महिलाको रिपोर्ट आउँन बाँकी रहेको बताएको छ । धुलिखेल अस्पतालमा उपचारको क्रममा सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीय महिलाको बिहीवार मृत्यु भएको थियो । उनको मृत्यु कोरोना या अन्य कारण एकिन नभइसकेको मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए। मन्त्रालयका अनुसार हालसम्म पिसिआर २६ हजार ६९१, आरडिटी ६५ हजार ७४९ जनाको परिक्षण भईसकेको छ भने क्वारेन्टाइनमा १६, ३६६, आइशोलेसनमा ३२० जना रहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update