कपिलबस्तुमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ। भैरवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गरेको प्रयोगशालामा गरेइएको परिक्षणमा थप ३ जना पुरषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित हुने कपिलबस्तुका २४, ३४ र ४४ बर्षिय पुरुषमा रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले बताएको छ । यस अघि शनिबार बिहान मात्र थप ६ जनामा संक्रमण देखिएको थियो।
बिहान बर्दिया,चितवन, सिराहा, सर्लाहीमा १-१ जनामा र पर्सामा २ जना मा देखिएको थियो । टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परिक्षण पर्दिया मा २८ बर्षिय महिला, सिरहामा ३० बर्षिय पुरुष, पर्सामा २८,२९ बर्षिय पुरुष, सर्लाह्हीमा १८ बर्षिय महिला र चितवनमा २५ बर्षिय महिलामा संक्रमण देखिएको थियो । आज मात्र संक्रमणको संख्या ९ पुगेको छ भने देशभर कोरोना संक्रमणको संख्या २७६ पुगेको छ।
हिजो शुक्रबार मात्र १८ सङ्क्रमित देखिएका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय