यहाँ पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई तुलसीपुर उपमहानगरपालिका, बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको छ । गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर दुईको उपचार भइरहेको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिए।
कपिलवस्तु, कृष्णनगरका छुट्टाछुटै क्वारेन्टाइनबाट ल्याइएका उनीहरुलाई गढवा गाउँपालिकाले गत बुधबार एम्बुलेन्स पठाएर जनता मावि गढवाको क्वारेन्टाइनमा लगेर राखेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए । गढवा–४का ३६ वर्षीय भारतको गोरखपुर र वडा नं ५ का २३ वर्षीय मुम्बईबाट आएका थिए । दुवै मजदूरी गर्न भारत गएका थिए ।
यसैबचि शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु काठमाडौँमा पुष्टि भएका तुलसीपुर –७ का ३४ वर्षीय स्वास्थ्यकर्मीको भने काठमाडौँमा नै उपचार भइरहेको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय