हिमाल दैनिक
शनिबार पनि कोरोना संक्रमणको संख्या बढेको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्ति अनुसार आज थप ६ जनामा कोरोनाको संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार बर्दिया,चितवन, सिराहा, सर्लाहीमा १-१ जनामा र पर्सामा २ जना मा देखिएको जनाएको छ। टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परिक्षण पर्दिया मा २८ बर्षिय महिला, सिरहामा ३० बर्षिय पुरुष, पर्सामा २८,२९ बर्षिय पुरुष, सर्लाह्हीमा १८ बर्षिय महिला र चितवनमा २५ बर्षिय महिलामा संक्रमण देखिएको छ। हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए। यस संगै नेपालमा कोरोना संक्रमणको संख्या २७३ पुगेको छ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update