सरकारले लक-डाउनको समय अविधि थप ८ दिन थपेको छ
आज मन्त्रि परिषदको बैठकले अहिलेको अवस्थालाई मध्यनजर राखेर वैशाख ३ गतेसम्मका लागि थप्ने निर्णय गरेको हो। सरकारले यो तेस्रो पटक लक-डाउनको समय अविधि बढाएको हो ।
बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा देखिएपछि सरकारले चैत्र ११ देखि एक हप्ताका लागि लक डाउनको घोषणा गरेको थियो। यस अविधिमा नेपालमा थप संक्रमण देखिएपछि सरकारले चैत २५ गते सम्म लक डाउनको घोषणा गरेको थियो।
शनिबार एकाएक कैलाली र कन्चनपुरमा गरि थप तीन जनामा संक्रमण देखिएपछि चैत्र २२ को मन्त्रिपरिषदको बैठकले एक प्रदेश, जिल्ला वा स्थानीय तहबाट अर्कोमा आवागमनमा थप कडाई गरेको थियो।
त्यस्तै बैठकले महाप्रसाद अधिकारीलाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको छ।
नेपालको पछिल्लो तथ्यांक
[table id=4 /]प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय