हिमाल दैनिक
समाजवादी पार्टीले २१ मंसिरमा विज्ञप्ति निकालेर सूचना तथा प्रविधि विधेयक ‘लोकतान्त्रिक मूल्य–मान्यताविपरित रहेको’ भन्दै सच्याउन माग ग-यो । अघिल्लो दिन २० पुसमा समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सम्पादकहरूसँग अन्तक्र्रिया गरे । यादव र भट्टराईको निष्कर्ष थियो, ‘सरकार निरंकुशतातर्फ अगाडि बढ्यो ।’ राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा कांग्रेससँग तालमेल गर्ने १९ पुसको सहमति अघि १० पुसमै समाजवादीका नेता भट्टराई, यादव र राजेन्द्र श्रेष्ठ कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगे, जहाँ राष्ट्रिय सभामा तालमेल र विपक्षी मोर्चा निर्माणमाथि छलफल भयो । यो खबर आजको नयाँ पत्रिकामा नवीन झाले लेखेका छन्। समाजवादीकै शब्दमा ‘अपमानजनक’ ढंगले ८ पुसमा सरकारबाट बाहिरिएको थियो । संविधान संशोधनका लागि विज्ञ समूह बनाउने प्रस्ताव प्रधानमन्त्रीले सीधै रोकेको भन्दै यादवले पार्टी निर्णयअनुसार सरकारबाट बाहिरिएको जानकारी दिए । अर्को दिन पत्रकार सम्मेलन गरी सरकारको समर्थन फिर्ता लिँदै प्रतिपक्षी बेन्चमा बस्ने तथा सदन र सडकमा कडा रूपमा उत्रने चेतावनी दिए ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update