हिमाल दैनिक
बिप्लव समूहतर्फ संकेत गर्दै प्रम ओलीले भने: लुट्न पाइन् भनेर हत्या गर्नु अपराध हो
kp-oli
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई द्धन्दतर्फ ढकेल्ने षडयन्त्र सफल नहुने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंको चोभारस्थीत सुलक्षण कीर्ति बिहारले जेष्ठ नागरिक आवास गृहको शिल्यानाश गर्दै प्रधानमन्त्री ओलीले बिप्लव समूहतर्फ संकेत गर्दै केहि तत्व समाजलाई द्धन्दतर्फ ढकेल्न अग्रसर रहेको भन्दै सरकारले प्ररास्त गर्ने स्पष्ट पारेका हुन् । अहिले पनि हतियार देखाएर समाजलाई धम्काउने, एक नेपालीले अर्को नेपालीलाई मार्ने काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले सवै नेपालीको निर्धक्क बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने समेत बताए । उनले समृद्ध नेपाल सुखी नेपाली सरकारको नारा भएपनि परस्परीक विरोध अन्त्य नगरेसम्म समृद्ध नेपाल भएपनि सुखी नेपाली हुन नसक्ने तर्क गरे । केहि तत्वले समाजमा भ्रम सिर्जना गर्न सत्यलाई असत्य र असत्यलाई सत्य भन्दै प्रचार गरेकाले सजक र सत्यको पूजारी भएर समाज रुपान्तरणको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यले उक्त भवन निर्माणका लागि ५ लाख सहयोग गर्ने घोषणा गरेकी थिइन् । शिल्यानास भएको जेष्ठ नागरिक भवनको नाम ‘शान्ति सुद्धम्मावासा’ राखिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update