सर्वोच्चको नयाँ नजिर : पुनरावेदन नपरे पनि तल्ला अदालतको फैसला उल्टी

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा तल्ला अदालतले दोषी ठहर गरेका प्रतिवादीको पुनरावेदन नपरे पनि सर्वोच्च अदालतले सफाइ दिने नौलो प्रचलनको शुरुआत गरेको छ। यो खबर विकास भट्टराईले आजको नेपाल समाचार पत्रमा लेखेका छन्।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले मानव बेचबिखन मुद्दामा तल्ला अदालतले १० वर्ष कैद गरेका प्रतिवादी सुर्खेतको राकम गाउँपालिका–६ सेतुटोल बस्ने शोभा वादीलाई सफाइ दिएको हो।
दोषी ठहर भएका प्रतिवादीको पुनरावेदन नपरे पनि प्रमाणका आधारमा सफाइ दिएको यो घटना सर्वोच्च अदालत आफैले नौलो र पेचिलो हुन सक्ने उल्लेख गरेको छ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय