ललितपुरमा ६६ क्रसर उद्योग, सबै अवैध

ललितपुरको गोदावरी नगरपालिकामा मात्रै ५७ क्रसर तथा खानी उद्योग दर्ता छन् । तीमध्ये ३१ सञ्चालनमा छन् । तर, कसैले पनि मापदण्ड पूरा गरेका छैनन्, अवैध रूपमा सञ्चालित छन् । छिमेकी बागमती गाउँपालिकामा त दर्तासमेत नगरी नौ उद्योग सञ्चालनमा छन् । यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामी र विजय कार्कीले लेखेका छन्।
जिल्ला समन्वय समितिअन्तर्गतको खानी अनुगमन तथा समन्वय समितिले मापदण्डविपरीत अवैध रूपमा चलिरहेका क्रसर बन्द गर्न पटकपटक स्थानीय सरकारलाई निर्देशन दिएको छ । तर, कसैले पनि कार्यान्वयन गरेका छैनन् । ‘पछिल्लो दुई वर्षमा हामीले सातपटकसम्म उद्योगहरूको अनुगमन गर्दा मापदण्ड पूरा नगरेको, नवीकरण नगरेको र दर्तासमेत नगरी चलाएको पायौँ,’ जिल्ला समन्वय समितिका उपप्रमुखसमेत रहेका अनुगमन समितिका संयोजक विनेश महर्जनले भने, ‘यस्ता उद्योग बन्द गर्न स्थानीय तहलाई पटकपटक लिखित निर्देशन दियौँ, तर कार्यान्वयन गर्दैगर्दैनन् ।’
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय