हिमाल दैनिक
सरकारले पाँच विश्वविद्यालयलाई संघीय र अन्य पाँचवटालाई प्रादेशिक विश्वविद्यालय बनाउने भएको छ। सरकारले तयार गरेको उच्चशिक्षा ऐन–२०७६ को मस्यौदामा मुलुककै जेठो त्रिभुवन, नेपाल संस्कृत, कृषि तथा वन, नेपाल खुला र लुम्बिनी बौद्ध विश्वविद्यालयलाई संघीय विश्वविद्यालय बनाउने भएको छ। यसै गरी पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाइएको छ। यो खबर आजको नेपाल समाचार पत्रमा ईश्वरराज ढकाललेलेखेका छन्। यस्तै, त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय र सो विश्वविद्यालयको क्याम्पसलाई उत्कृष्टताको आधारमा केन्द्रका रूपमा विकास गर्ने उल्लेख गरिएको छ। चालू हिउँदे अधिवेशनमा संसद्मा पेस गर्ने गरी तयार भएको ऐनको मस्यौदालाई गएको मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृत प्रदान गरिसकेको छ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update