तीजको गीतमा काउली बुढीले मोही माग्दा हिस्सै परिन्(भिडियो सहित )

वैदेशीक रोेजगारको नशाले युवाहरु विदेशीएर रित्तिएको गाउँले जीवन र त्यसले निम्त्याएको परिणामलाई गायक कस्तुप पन्तले नयाँ लोकदोहोेरी गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
तीजको गीत २०७६ नामको म्युजिक भिडियोमा परापूर्वकालदेखि चलिएकै गाउँलेको नाम ‘ठुले’ शीर्ष दिएर तयार पारिएको नयाँ श्रृजनामा शब्द, लय र स्वर पनि पन्तकै रहेको छ।
कृषि प्रधान देशको नामले परिचित नेपालको वास्तविक चित्रलाई लोेक दोहोरीको माध्यमबाट वर्तमान परिवेशलाई गायक पन्तले संगीतको माध्यमबाट चित्रण गरेका छन्।
https://www.youtube.com/watch?v=bPpQIv73iDI
त्यो भन्दा पनि ज्यादा, केही दशक पहिले गाउँले जनजीवनमा कसरी छरछिमेकका मानिसहरु एकआपसमा सरसहयोग गर्दथे भन्ने विषयलाई उनले गीतको माध्यमबाट प्रस्तुत गरेका छन्। यसक्रममा गाउँले किसानहरुले एउटा घरमा दुहुनो भैँसी पालेर मोेही पार्नेदेखि आफूँले पारेको मोही छरछिमेकीलाई बाँडेर खाने हार्दिक सम्बन्धलाई सरल प्रस्तुतीको माध्यमबाट पेश गरेका छन्। जुन पछिल्लो समयमा समाजबाट हराएर मोही पार्ने, मोही माग्ने र दिने कुरा अहिलेको पुस्ताका निम्ति कथा जस्तै बन्न पुगेको छ।
विगतमा चलिआएको त्यो चलन पछिल्लो समय नेपाली युवा जमातको विदेश पलायन पश्चात कसरी कृषी र पशुपालनको क्षेत्र प्रभावित भएको छ भन्ने वास्तविकता पनि छर्लङ्ग पारेका छन्।
पन्तलाई शान्तिश्री परियारको स्वरले जति कर्णप्रिय बनाएको छ त्यो शब्द, लय र संगीतलाई चर्चित हाँस्य कलाकारद्धय कमल गाउँले र सन्ध्या बुढा अर्थात काउली बुढीको जीवन्त अभिनयले शब्द, लय र संगीतमा प्राण भरिदिएको छ।
सारथी म्युजिकको प्रस्तुतिमा रहेको उक्त म्युजिक भिडियोमा प्रकाश भट्टको निर्देशन रहेको छ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय