नेपाली चलचित्र क्षेत्रमा आफ्नो सशक्त अभिनय, निर्देशन क्षमता र लेखनमार्फत विशिष्ट पहिचान बनाएका अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले आफ्नो आधुनिक जीवनशैलीका लागि ‘आयन भी’ रोजेका छन्।
सिर्जनशीलता, सोचको गहिराइ र नवीन दृष्टिकोणका लागि परिचित थापाको छनोटले आयन भीको प्रविधि, बुद्धिमत्ता र उत्कृष्टताको दर्शनलाई प्रतिबिम्बित गर्छ।
अभिनय, निर्देशन र लेखन, तीनै विधामा सन्तुलित र प्रभावशाली यात्रा तय गरेका थापाको करियर जस्तै आयन भीले पनि आफ्नो अत्याधुनिक प्रविधि, आरामदायी सुविधा र आकर्षक डिजाइनमार्फत ईभी बजारमा अलग पहिचान बनाएको छ।
चलचित्र छायांकनस्थलतर्फको यात्रा होस्, सिर्जनात्मक बैठकमा सहभागी हुनुपरेको होस् वा शहरबाट केही समय टाढा शान्त यात्राको चाहना, आयन भीले थापाको व्यस्त र गतिशील जीवनशैलीलाई पूर्ण रूपमा साथ दिन्छ। ८–पोइन्ट मसाज सिटदेखि इनबिल्ट रेफ्रिजिरेटर र वार्मरसम्मका सुविधाले हरेक यात्रालाई आरामदायी र विशेष बनाउँछ।
६५० किलोमिटरको प्रभावशाली रेन्ज र ७५.२६ किलोवाट–आवर क्षमताको शक्तिशाली ब्याट्रीले आयन भीलाई अझ भरपर्दो बनाएको छ, जसले काम वा व्यक्तिगत यात्रामा रेन्जको कुनै चिन्ता नराखी निरन्तर र सहज अनुभव प्रदान गर्छ।
अर्पण थापाजस्तै ‘एक्स्ट्राअर्डिनेरी’ अनुभव खोज्ने जो कोहीका लागि आयन भी उत्कृष्ट छनोट हो। विलासिता, नवीनता र दिगोपनको संयोजनसहित तयार गरिएको आयन भी, सामान्यतामा सन्तुष्ट नहुनेहरूका लागि निर्माण गरिएको एक विशेष ईभी हो।



