आइफालाई एक रुपैया पनि दिने उल्लेख छैन कहाँबाट आयो एक अर्बको कुरा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अन्तराष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट भने नछुट्याइएको बताएका छन्।
चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाले आइफाले नेपालमा कार्यक्रम गर्ने भनेर ठाउँ मागेकाले ठाउँ उपलब्ध गराउने निर्णय गरिएको बताए।
आइफा नेपालमा आयोजना गर्दा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारप्रसारमा सहयोग पुग्ने पनि उनले बताए। उनले खोजमूलक पत्रकारिता गर्न पनि सञ्चारकर्मीलाई सुझाव दिन पनि दिए । सरकारले जे गरेपनि खाली आलोचना मात्रै हुने गरेको गुनासो गर्दै उहाले काँग्रेसलाई रुखको टुप्पोमा बसेर जरो हल्लाएँ भन्ने भ्रममा नपर्न सुझाव दिए ।
यस्तै मन्त्री बास्कोटाले विदेशी च्यानलमा क्लिनफिड लगाएरै छाड्ने पनि बताए । कार्यक्रममा वरिष्ठ १५ जना कलाकारलाई विशेष सम्मान गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय