सि.जी.ब्राण्डका उत्कृष्ट डिलरलाई स्विजरल्याण्ड र पेरिस भ्रमणकाे अवसर

नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.को तर्फबाट आर्थिक वर्ष २०७५÷७६ मा उत्कृष्ट विक्री लक्ष्य पुरा गर्ने ३६ जना डिलरहरुलाई स्विजरल्याण्ड र पेरिस भ्रमणमा पठाएको छ।
यसरी सर्वोत्कृष्ट डिलरहरुलाई त्रिभुवन बिमानस्थलमा सि.जी.का भिपि तथा सि.जी. ब्राण्डका सेल्स हेड बाट बधाई तथा शुभयात्राको कामनासहित विदाई गरेको सि.जी. ग्रुपले जनाएको छ।
एक हप्ताको उक्त टुरमा नेपालभरिका डिलरहरुको सहभागिता रहेको छ। आफ्ना प्यारा डिलरहरुबीच गहिरो नाता कायम गर्ने उद्देश्यले गरिएकोमा उक्त भ्रमणमा सहभागी सम्पूर्ण डिलरहरु खुशी र उत्साहित देखिन्थे।
नेपालको प्रतिष्ठित व्यापारिक ग्रुप चौधरी ग्रुप अन्तर्गत सि.जी. इलोक्ट्रोनिक्सले घरायसी उपयोगका आधुनिक उपकरणहरुको आधिकारिक व्यापार गर्दै आएको छ।
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय