ओलीले नै पार्टी एकता नखोजेको प्रष्ट छ: नेता भुसाल
                        
                        
                                                
                                            
                                                
                        नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीले नै पार्टीभित्र एकता नखोजेको बताएका छन् । बिहीबार माधव नेपालपक्षीय प्रेस चौतारीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले पार्टी अध्यक्ष ओलीले आफ्ना पार्टीका व्यक्तिलाई धमाधम कारवाही गर्ने र फरक विचार राख्नेहरूसँग सहकार्य गर्न खोज्ने गरेबाट नै पार्टी एकता नखोजेको प्रष्ट हुने बताए ।
नेता भुसालले ओलीले आफ्नो गल्ती स्वीकार गरेर अगाडि बढे अहिले पनि वामगठबन्धनको सरकार रहनसक्ने उल्लेख गरे । ओलीको सत्ता लोभ र अहंकारले पार्टीलाई गम्भीर क्षति पुगेपनि अहिलेसम्म त्यसलाई महशुस नगरेको उनले आरोप लगाए । उनले २०७७ सालमा ओलीले बिगारेको राजनीतिलाई २०७८ सालमाा ट्र्याकमा ल्याइने उल्लेख गरे ।
उनले सरकार गठनका लागि ओलीले खोजेको गठबन्धन नै राष्ट्रिय राजनीतिको मूल गाँठो भएको तर्क गरे । भुसालले आफूहरूले समानान्तर कमिटी गठन गरेको नभई पूरानो कमिटी ब्युँताएको दावी गरे ।
                        
                    
                प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

